यो वर्ष कोरोना भाइरसका कारण बालन डि'अर अवार्ड प्रदान गर्न नसकिएपछि फ्रान्स फुटबलले बालन डि'अर ड्रिम टिम घोषणा गरेको छ।
फुटबल इतिहासका हस्ती खेलाडीलाई समेट्दै फ्रान्सको साप्ताहिक म्यागेजिन फ्रान्स फुटबलले सोमबार टिम घोषणा गरेको हो।
संसारभरका पत्रकारले दिएको अनलाइन भोटिङका आधारमा ड्रिम टिम तयार गरिएको फ्रान्स फुटबलले जनाएको छ।
भोटिङमा संसारभरबाट १४० पत्रकार सहभागी भएका थिए।
टिममा ब्राजिलबाट सबैभन्दा बढी तीन जना परेका छन्। ब्राजिलका पेले, काफु र रोनाल्डो टिममा समावेश छन्।
यसैगरी अर्जेन्टिनाबाट डिएगो म्याराडोना र लिओनल मेसी परेका छन्। जर्मनीबाट दुई जना खेलाडी समावेश छन्।
ड्रिम टिम
गोलकिपर : लेभ यासिन (रसिया)
सेन्टर ब्याक : माल्दिनी (इटाली), फ्रेन्ज बेकनबाउर (जर्मनी) र काफु (ब्राजिल)
मिडफिल्डर : जाभी (स्पेन), लोथार म्याथ्युज (जर्मनी), पेले (ब्राजिल), म्याराडोना (अर्जेन्टिना)
फरवार्ड : लिओनल मेसी (अर्जेन्टिना), क्रिस्टियानो रोनाल्डो (पोर्चुगल), रोनाल्डो (ब्राजिल)