इंग्लिस प्रिमियर लिगमा साविक विजेता लिभरपुल बराबरीमा रोकिएको छ।
लिभरपुललाई आइतबार राति भएको खेलमा फुलहमले १-१ गोलको बराबरीमा रोकेको हो।
खेलको २५ मिनेटमा डे कोर्डाभोको गोलबाट फुलहमले घरेलु मैदानमा अग्रता लिएको थियो। लिभरपुलका लगि ७९ मिनेटमा मोहमद सलाहले पेनाल्टीमार्फत बराबरी गोल फर्काए।
यता शीर्ष स्थानको टोटेनहमलाई क्रिस्टल प्यालेसले १-१ गोलको बराबरीमा रोकेको छ।
ह्यारी केनले २३ मिनेटमा गोल गरेर टोटेनहमलाई अग्रता दिलाएका थिए। तर ८१ मिनेटमा प्यालेसका जेफरी स्लुपले बराबरी गोल फर्काए।
अर्को खेलमा आर्सनललाई वर्नलीले १-० ले हरायो। आर्सनलका आयुबामेयाङले ७३ मिनेटमा आत्मघाती गोल गरेपछि वर्नलीलाई फाइदा पुगेको थियो।
लिगको अंक तालिकामा शीर्ष स्थानको टोटेनहमको १२ खेलबाट २५ अंक छ। दोस्रो स्थानको लिभरपुलको पनि २५ अंक नै छ।
लेस्टर सिटी २४ अंक जोडेर तेस्रो र साउथह्याम्टन २३ अंक जोडेर चौथो स्थानमा छन्। पाँचौ स्थानको चेल्सीको २२ अंक छ।