इंग्लिस प्रिमियर लिगअन्तर्गत म्यानचेस्टर डर्बी बराबरीमा सकिएको छ।
शनिबार राति भएको खेलमा म्यानचेस्ट युनाइटेड र म्यानचेस्टर सिटीले गोलरहित बराबरी खेलका हुन्।
लिगमा ११ खेलबाट २० अंक जोडेको युनाइटेड आठौं र १९ अंक जोडेको सिटी नवौं स्थानमा छन्।
यता लिगको अर्को खेलमा चेल्सी पराजित भएको छ।
चेल्सीलाई एभर्टनले १-० गोलले पराजित गरेको हो।
एभर्टनले खेलको १२ मिनेटमा पेनाल्टी गोलबाट अग्रता लिएको थियो।
एभर्टनका लागि सिगुर्सनलले पेनाल्टीमा गोल गरे।
चेल्सीका मेन्डेले एभर्टनका डोमिनिक कल्भर्ट लेविनलाई फउल गरेपछि एभर्नटनले पेनाल्टी पाएको थियो।
लिगका अन्य खेलमा एस्टन भिल्लाले वुल्भ्सलाई १-० र न्युकासलले वेस्ट ब्रुमलाई २-१ ले हराएका छन्।