अखिल नेपाल फुटबल संघ (एन्फा) को बिहीबार बसेको कार्यसमितिको बैठकले मंसिर २८ देखि राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षण सुरु गर्ने निर्णय गरेको छ।
विश्वकप छनोट प्रतियोगिताका लागि उपाध्यक्ष उपेन्द्रमान सिंहको संयोजकत्वमा, स्थानीय संयोजक विजय घले र सुरक्षा समिति संयोजक दिनेश व्यन्जनकारसँग समन्वय गरी मैत्रीपूर्ण खेलमा सहभागिता र आयोजना गर्ने निर्णय गरिएको छ।
स्थगित भएको बी डिभिजन लिग, प्रदेश लिग, एन्फा प्रेसिडेन्ट लिग, राष्ट्रिय महिला लिग, राष्ट्रिय लिग लगायतका प्रतियोगिता आयोजनाका लागि राष्ट्रिय खेलकुद परिषद्मा स्विकृत माग्ने निर्णय भएको छ।
एन्फाको साधारणसभा आगामी माघ ६ मा गर्न खेलकुद परिषद्मा स्विकृतिका लागि पठाउने पनि निर्णय भएको छ।
बाँकी निर्णय यस्ता छन् :-


