सिजनको युरोपियन च्याम्पियन्स लिगको समूह चरणका खेल सकिएका छन्।
आठ समूहका खेल सकिएसँगै नकआउट चरणमा पुग्ने १६ टिमको टुंगो लागेको छ।
प्रत्येक समूहबाट शीर्ष टिम र दोस्रो हुने टिम गरी २–२ टिम अन्तिम १६ मा पुगेका हुन्।
अन्तिम १६ मा स्पेन र जर्मनीका चार-चार टिम पुगेका छन्। यसैगरी इंग्ल्यान्ड र इटालीका तीन–तीन टिम नकआउट चरणमा प्रवेश गरेका छन्। फ्रान्स र पोर्चुगलका एक एक टिमले पनि अन्तिम १६ मा स्थान बनाएका छन्।
अब नकआउट चरणको ड्र १४ डिसेम्बरमा हुनेछ। नकआउट चरणको पहिलो लेग फेब्रुअरी १६, १७, २३ र २४ मा हुनेछ। दोस्रो लेग मार्च ९, १०, १६ र १७ मा संचालन गरिनेछ।
सेमिफाइनलको पहिलो लेग अप्रिल २७ र २८ मा तथा दोस्रो लेग ४ र ५ मेमा हुनेछ।
फाइनल १९ मेमा टर्कीको इस्तानबुलमा हुनेछ।
यी हुन् अन्तिम १६ मा पुग्ने टिमहरू :
समूह ए : विजेता– वायर्न म्युनिख, उपविजेता– एट्लेटिको म्याड्रिड
समूह बी : विजेता– रियल म्याड्रिड, उपविजेता– बोरुसिया मुन्छेनग्लाडबाख
समूह सी : विजेता– म्यानचेस्टर सिटी, उपविजेता– पोर्टो
समूह डी : विजेता– लिभरपुल, उपविजेता– एटलान्टा
समूह ई : विजेता– चेल्सी, उपविजेता– सेभिया
समूह एफ : विजेता– बोरुसिया डर्टमुन्ड, उपविजेता– लाजियो
समूह जी : विजेता– युभेन्ट्स, उपविजेता– बार्सिलोना
समूह एच : विजेता– पिएसजी, उपविजेता– लाइपजिग