स्पेनिस महारथी रियल म्याड्रिड युरोपियन च्याम्पियन्स लिगको अन्तिम १६ मा प्रवेश गरेको छ।
रियलले बुधबार राति भएको समूह 'बी' को खेलमा जर्मन क्लब बोरुसिया मुन्छेनग्लाडबाखलाई २-० गोलले पराजित गर्दै अन्तिम १६ मा स्थान पक्का गरेको हो।
रियलको जितमा दुवै गोल करिम बेन्जिमाले गरे। उनले खेलको नवौं र ३१ मिनेट गोल गरेका थिए।
यहि समूहको अर्को खेलमा इन्टर मिलन र शख्तर डोनेक्ट्सले गोलरहित बराबरी खेलेका छन्।
समूहको अन्तिम खेलसँगै रियल १० अंक जोड्दै समूह विजेता बन्यो। अन्तिम खेलमा पराजित भए पनि बोरुसिया मुन्छेनग्लाडबाख ८ अंक जोडेर उपविजेता बन्दै अन्तिम १६ मा पुग्यो। ८ अंक नै जोडेको शख्तर बाहिरियो भने इन्टर ६ अंक जोडेर चौथो स्थानमा सीमित बन्यो।
यता समूह 'ए' बाट साविक विजेता वायर्न म्युनिख १६ अंक जोड्दै विजेता र एट्लेटिको म्याड्रिड ९ अंक जोडेर उपविजेतको रुपमा अन्तिम १६ मा पुगे।
अन्तिम खेलमा वायर्नले लोकोमोटिभ मस्कोलाई २-० र एट्लेटिकोले साल्जवर्गलाई पनि २-० गोलले हराए।