चेल्सीले रुसी क्लब एफसी क्रास्नोडारसँग च्याम्पियन्स लिग फुटबलमा बराबरी खेल्दै अंक बाँडेको छ। मंगलबार राति समूह ईको खेलमा लण्डन क्लब चेल्सीले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको हो।
खेलको २४ औं मिनेटमा पाहुना टोली क्रास्नोडारले रेबेला काबिलाको गोलमा सुरूवाती अग्रता लिएकोथियो। तर त्यसको चार मिनेट पछि नै जोर्गिन्होले पेनाल्टीमा गोल गर्दै चेल्सीलाई खेलमा फर्काएका थिए।
प्रशिक्षक फ्राङ्क लाम्पार्डले गत हप्ता प्रिमियर लिगमा लिड्सविरुद्ध खेलेका १० खेलाडीलाई परिवर्तन गरेका थिए। उनले चोटबाट फर्किएका टिनो अन्जोरिन र मिडफिल्डर बिली गिल्मरलाई लण्डन क्लबमा अवसर दिएका थिए ।
लण्डन क्लब सुरुवातमा बलियो देखिएपनि दोस्रो हाफमा रुसियन क्लब आक्रमक देखिएको थियो। यद्यपी दुई टोलीले थप गोल गर्न नसक्दा खेल बराबरीमा टुंगियो।
चेल्सी यसअघिनै समूह विजेताको रूपमा नकआउट चरण पुगिसकेको छ।
सोही समूहको अर्को खेलमा स्पेनिस क्लब सेभिलाले फ्रान्सेली क्लब रेनिसलाई ३–१ ले पराजित गर्दै अन्तिम १६ मा स्थान पक्का गर्यो।


