रियल सोसिडाडले ला लिगाको शीर्ष स्थानमा पुग्ने मौका गुमाएको छ।
आइतबार भएको लिगको खेलमा डिपोर्टिभो अलाभेससँग गोलरहित बराबरीमा रोकिएपछि सोसिडाडले शीर्ष स्थानमा उक्लने मौका गुमाएको हो।
लिगको दोस्रो स्थानमा रहेको सोसिडाडको १२ खेलबाट २५ अंक छ। शीर्ष स्थानको एट्लेटिको म्याड्रिडको १० खेलबाट २६ अंक छ।
भिल्लारियल १२ खेलबाट २१ अंक जोड्दै तेस्रो स्थानमा छ। चौथो स्थानको साविक विजेता रियल म्याड्रिडको ११ खेलबाट २० अंक छ।
कार्डिज १२ खेलबाट १८ अंक जोड्दै पाँचौ स्थानमा छ।
खराब स्थितिमा रहेको बार्सिलोना नवौं स्थानमा छ। बार्सिलोनाले १० खेलबाट १४ अंक जोडेको छ।