इंग्लिस प्रिमियर लिगमा टोटेनहम शीर्ष स्थानमा उक्लिएको छ।
आइतबार राति भएको खेलमा आर्सनललाई २-० गोलले पराजित गर्दै टोटेनहम शीर्ष स्थानमा उक्लिएको हो।
टोटेनहमको जितमा सन मिनले १३ मिनेटमा पहिलो गोल गर्दा ह्यारी केनले पहिलो हाफको इन्जुरी टाइममा टिमको अग्रता दोब्बर पारे।
यता लिभरपुलले वुल्भ्सलाई ४-० गोलले पराजित गरेको छ। लिभरपुलको जितमा सलाहले २४ मिनेटमा पहिलो गोल गरे। जर्जीनीयो वायनालडमले ५८ मिनेटमा लिभरपुलको अग्रता दोब्बर पारेका थिए।
यस्तै जोएल माटिपले ६७ मिनेटमा तेस्रो गोल गरे। ७८ मिनेटमा वुल्भ्सका नेल्सन सेमेडोले आफ्नै पोस्टमा गोल गर्दा लिभरपुलको अग्रता ४-० मा पुगेको थियो।
लिगमा शीर्ष स्थानको टोटेनहमले ११ खेलबाट २४ अंक जोडेको छ। दोस्रो स्थानको लिभरपुलको पनि समान खेलबाट समान अंक छ।
चेल्सी २२ अंकसहित तेस्रो स्थानमा छ भने चौथो स्थानको लेस्टरको २१ अंक छ।