बेन स्टोक्सले लगातार तीन छक्का हानेर सतक पुरा गरेपछि इङ्ल्यान्डले दक्षिण अफ्रिकाविरुद्ध तेस्रो टेस्टको पहिलो इनिङमा ३ सय ५३ रन बनाएको छ।
स्टोक्सले पहिलो इनिङमा १ सय १२ रन र एलेस्टर कुकले ८८ रन बनाए। अफ्रिकाका लागि मोर्ने मोर्केल, कागिसो राबादाले ३–३ विकेट, भेर्नोन फिलान्डरले २ , क्रिस मोरिस र केशव महाराजले १–१ विकेट लिए।
दोस्रो दिन अफ्रिकाले पहिलो इनिङको सुरुवात गर्दै १८ रनमा १ विकेट गुमाइसकेको छ। डेब्यु गरिरहेका इङ्लिस बलर टोबी रोलान्ड जोन्सले डिन इल्गरलाई विकेट पछाडि ८ रनमा क्याच आउट गराएका थिए।