तीन खेलाडीलाई डेब्युको अवसर प्रदान गरेको इङ्ल्यान्डले वर्षाले बाधा पुर्याएको दक्षिण अफ्रिकाविरुद्ध तेस्रो टेस्टको विहिबार पहिलो दिन १ सय ७१ रनमा ४ विकेट गुमाएको छ।
पूर्व कप्तान एलेष्टर कुकले ८२ रन बनाएपछि ओभलमा पहिलो दिन ५९ ओभरको खेल सम्भव बन्दा खासै प्रभाव जमाउन सकेन। दक्षिण अफ्रिकाका लागि भेर्नोन फिलान्डरले १७ रन खर्चेर २ विकेट लिँदै आफ्नो प्रभाव देखाए।
इङ्ल्यान्डले तीन खेलाडीलाई डेब्युको अवसर प्रदान गरेको मध्ये टम वेस्लेले २५ र डाविड मालनले १ रन बनाए। अर्का तीब्र बलर टोबी रोलान्ड जोन्सलाई लेफ्ट आर्म बलर लियाम डाउसनको स्थानमा पहिलो पल्ट टिममा सहभागी गराइएको छ। ४ टेस्टको शृंखला १–१ को बराबरीमा छ।