श्रीलंकाविरुद्ध पहिलो टेस्टमा भारत बलियो स्थितिमा देखिएको छ। भारतले पहिलो इनिङमा ६ सय रनको विशाल योगफल तयार पारेको छ।
प्रतिउत्तरमा विहिबार दोस्रो दिनको खेल समाप्त हुँदा घरेलु श्रीलंकाले पहिलो इनिङमा १ सय ५४ रनको स्थितिमा ५ विकेट गुमाइसकेको छ। एञ्जेलो म्याथ्युज ५४ र दिलरुवान परेरा ६ रनमा क्रिजमा छन्।
भारतले पहिलो इनिङमा १ सय ३३ दशमलव १ ओभर खेल्यो। भारतीय ब्याट्सम्यान शिखर धवनले १ सय ९०, चेतेश्वर पुजारा १ सय ५३, अजिङ्क रहाणे ५७ र पहिलो पल्ट टेस्ट खेलिरहेका हार्दिक पाण्ड्याले ५० रन बनाएका थिए। श्रीलंकाका तीब्र बलर नुवान प्रदीपले पहिलो इनिङमा ६ विकेट लिए। श्रीलंकाका उपुल थरंगाले ६४ रन बनाएका थिए। भारतका लागि मोहम्मद शामीले २ विकेट लिए। उमेश यादव र अश्विनले १–१ विकेट लिएका थिए। उपुल थरंगा भने रन आउट भए।