एसिया युथ–१९ विश्व कप छनोटबाट नेपाल बाहिरिए पनि कप्तान सन्दीप लामिछाने प्रतियोगिताको सर्वाधिक विकेट लिने बलर बन्न पुगेका छन्। उनले छनोटको ६ वटै खेलमा ५३ दशमलव ४ ओभर बलिङ गर्ने क्रममा ८ मेडन राखेर १ सय ३० रन खर्चदै २४ विकेट लिएका छन्। उनको ईकोनोमी प्रतिशत २ दशमलव ४३ रहेको छ।
सन्दीपले पुरै प्रतियोगितामा ३ पल्ट ५ विकेट लिने कीर्तिमान बनाए। एक पल्ट उनले ४ विकेट पनि झारेका थिए।
उनलाई पछ्याएका अफगानिस्तानका मुजिब जार्डनले २० विकेट लिए। तेस्रो नम्बरमा अफगानिस्तानकै युसुफ जाजाई रहे। उनले १८ विकेट झारेका थिए। ५ वटा खेल खेलेका नेपालका सहाब आलम विकेट लिने मामिलामा चौथो नम्बरमा रहे। उनले १२ विकेट लिए।
बलिङको तुलनामा नेपाली ब्याट्सम्यानले निरास तुल्याए। दीपेन्द्रसिंह ऐरीले एउटा खेलमा अर्धसतक र अफगानिस्तानविरुद्ध अन्तिम खेलमा ४८ रन बनाउनु बाहेक उल्लेख्य ब्याटिङ गर्न सकेनन्। अन्य ब्याट्सम्यानले झन निरास पारे।
ऐरीले ६ खेलमा १ सय ३१ रन बनाए। अन्यले सय रन पनि कटाउन सकेनन्। ऐरीपछि सर्वाधिक रन रोहित कुमार पौडेलले बनाए। उनले ६ खेलमा कूल ६७ रन बनाएका थिए। प्रनित थापामगरले कूल ५७ रन बनाए।
हेर्नुहोस् नेपाली खेलाडीहरूको प्रदर्शन