वेस्ट इन्डिजविरूद्धको ऐतिहासिक युनिटी कप टी-२० अन्तर्राष्ट्रिय सिरिजमा सहभागी हुनका लागि नेपाली राष्ट्रिय क्रिकेट टोली शुक्रबार युएई जाँदैछ।
शुक्रबार युएई जानुअघि नेपाली टोलीलाई नेपाल क्रिकेट संघ (क्यान) ले खेलाडीको बिदाइ गरेको छ। यो सिरिज नेपालीलाई एकताबद्ध गर्नका लागि हुने र विश्वकप छनोटको राम्रो तयारीका लागि हुने क्यानको भनाइ छ।
बिदाइ कार्यक्रमअघि क्यानले कीर्तिपुरस्थित त्रिवि मैदानमा श्रद्धाञ्जली सभा आयोजना गरेको छ। जेनजी आन्दोलनमा ज्यान गुमाएका व्यक्ति तथा विशेषगरी क्रिकेटर सुलभराज श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गरिएको थियो।
वेस्ट इन्डिजविरूद्धको सिरिज अर्को साता सुरू हुनेछ।
नेपालले पहिलो पटक आइसिसीको पूर्ण सदस्यसँग टी-२० सिरिज खेल्न लागेको हो।
ओमानमा हुने टी-२० विश्वकप छनोटको तयारीका लागि नेपालले दुई पटकको टी-२० विश्वकप विजेता वेस्ट इन्डिजसँग सिरिज खेल्न लागेको हो।
वेस्ट इन्डिजसँग सिरिज खेले लगत्तै नेपाली टोली त्यतैबाट विश्वकप छनोट खेल्न ओमान जानेछ। ओमानमा नौ टोलीबीच हुने छनोटमा शीर्ष तीन टोली भएमा नेपाल लगातार दोस्रो पटक र समग्रमा तेस्रो पटक टी-२० विश्वकपमा छनोट हुनेछ।
सिरिजको तालिका:
पहिलो टी-२० आई : असोज ११, शारजाह
दोस्रो टी-२० आई: असोज १३, शारजाह
तेस्रो टी-२० आई: असोज १४, शारजाह
नेपाली टोली : रोहित कुमार पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी (उपकप्तान), कुशल भुर्तेल, लोकेस बम, कुशल मल्ल, आसिफ सेख, आदिल अन्सारी, करण केसी, नन्दन यादव, सन्दीप लामिछाने, सन्दीप जोरा, आरिफ सेख, ललितनारायण राजवंशी, गुलशन झा, सोमपाल कामी, साहब आलम।
वेस्ट इन्डिज टोली: अकील हुसेन (कप्तान), फाबियन एलेन, ज्वेल एन्ड्रयू, अकेम अगस्टे, नविन बिदैसी, जेदिया ब्लेड्स, केसी कार्टी, करिमा गोर, जेसन होल्डर, आमिर जन्गु, काइल मेयर्स, ओबेड म्याकोय, जिशान मोतारा,रामोन सिमोन्ड्स, शमर स्प्रिंगर।
सबै तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
-1758198272.jpg)
-1758198271.jpg)
-1758198271.jpg)
-1758198270.jpg)
-1758198267.jpg)
-1758198268.jpg)
-1758198270.jpg)
-1758198267.jpg)
-1758198268.jpg)