वेस्ट इन्डिजका अलराउन्डर आन्द्रे रसेलले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिने घोषणा गरेका छन्।
उनले आफ्नो घरेलु मैदान जमैकाको सबिना पार्कमा अस्ट्रेलियाविरुद्ध हुने पहिलो दुई टी-२० खेलपछि अन्तर्राष्ट्रिय क्रिकेटबाट बिदा बताएका हुन्।
३७ वर्षीय रसेल सन् २०१९ देखि वेस्ट इन्डिजका लागि टी-२० अन्तर्राष्ट्रिय मात्र खेल्दै आएका थिए। उनको यो संन्यासको घोषणा सन् २०२६ मा भारत र श्रीलंकामा हुने अर्को टी-२० विश्वकपभन्दा सात महिनाअघि आएको हो। उनले आफ्नो करियरमा १ टेस्ट, ५६ एकदिवसीय र ८४ टी-२० अन्तर्राष्ट्रिय खेल खेलेका छन्।
आफ्नो सन्यास घोषणा गर्दै रसेलले भावुक हुँदै भने, ‘वेस्ट इन्डिजको प्रतिनिधित्व गर्नुको अर्थ के हो, त्यो शब्दमा बयान गर्न सक्दिनँ। यो मेरो जीवनको सबैभन्दा गर्विलो उपलब्धिहरू मध्ये एक हो।’
दुई महिनाभन्दा कम अवधिमा अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिने रसेल दोस्रो ठूला वेस्ट इन्डियन खेलाडी हुन्। यसअघि निकोलस पूरनले पनि संन्यासको घोषणा गरेका थिए।
रसेल सन् २०१२ र २०१६ मा टी-२० विश्वकप जित्ने वेस्ट इन्डिज टोलीका महत्वपूर्ण सदस्य थिए। सन् २०१६ को फाइनलमा उनले महत्वपूर्ण योगदान गरेका थिए।