कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानको प्यारापिटमा सिट जडान कार्य सुरु भएको छ।
रंगशालालाई अन्तर्राष्ट्रियस्तरमा बनाउन र रातमा खेल सञ्चालन गराउन गत फागुनदेखि काम सुरु भएको हो।
यसको पहिलो चरणमा १० हजार दर्शक अट्ने गरी प्यारापिट निर्माण र आठ वटा फ्लडलाइट जडान गरिँदैछ।
निर्माणको जिम्मा पाएको बिजी कन्स्ट्रक्सनका इञ्जिनियर सुनील शाहका अनुसार प्यारापिटमा पहेलो सेतो खैरो हरियो नीलो र सुन्तला गरी पाँच रङका कुर्सी जडान हुने छन्।
प्यारापिटलाई रङ्गशालाको पश्चिमतर्फ छ र पूर्वतर्फ दुईगरी आठ खण्डमा विभाजन गरिएको छ। प्रत्येक खण्डमा ६५२ कुर्सी राखिनेछन्।
रंगशालाको निर्माण यसअघि वैशाख २४ मा सक्ने भनिएको थियो। त्यसपछि असार मसान्तसम्मका लागि भाका तोकिए पनि असार मसान्तसम्म पनि नसकिने भएको छ।