भारतले इंग्ल्यान्डविरुद्धको दोस्रो टेस्टका लागि आफ्ना तीव्र गतिका बलर जसप्रित बुमराहलाई आराम दिएको छ। बर्मिङघममा टस जितेको इंग्ल्यान्डका कप्तान बेन स्टोक्सले पहिले फिल्डिङ रोजेका छन्।
त्यसपछि आफ्नो प्लेइङ-११ घोषणा गरेको भारतीय टोलीका कप्तान शुभमन गिलले तीन परिवर्तन भएको बताए।
जसमा तीव्र गतिका बलर बुमराहलाई आराम दिइएको छ।
सिरिज सुरु हुनुअघि नै भारतीय व्यवस्थापनले बुमराहले उनको कार्यभार व्यवस्थापन गर्न सिरिजका केवल तीन खेल मात्र खेल्ने घोषणा गरेको थियो। बुमराहले लिड्समा भएको पहिलो टेस्ट खेलेका थिए। जहाँ उनले चार दिनमा ४३.४ ओभर बलिङ गरेका थिए।
बुमराहको स्थानमा आकाश दीपलाई टोलीमा समावेश गरिएको छ।
टोलीमा वाशिंगटन सुन्दर र नितिश कुमार रेड्डीलाई समावेश गरिएको छ भने शार्दुल ठाकुर र साई सुदर्शनलाई बुमराहसँगै बाहिर राखिएको छ।
भारतका बायाँ हाते रिस्ट-स्पिनर कुलदीप यादवलाई नखेलाउनुको कारणबारे गिलले आफ्नो तल्लो क्रमको ब्याटिङलाई बलियो बनाउन चाहेको बताए।
यसअघि नै घोषणा गरिएको इंग्लिस टोलीमा कुनै परिवर्तन गरिएको छैन। यो मैदानमा इंग्ल्यान्डको कीर्तिमान उत्कृष्ट छ। जहाँ इंग्ल्यान्डले ५६ टेस्टमध्ये ३० मा जित र केवल ११ मा हार बेहोरेको छ। अर्कोतर्फ, बुमराहबिना खेल्न लागेको गिलको टोलीका लागि यो मैदानमा चुनौती ठूलो छ, किनकि भारतले यहाँ खेलेका आठ टेस्टमध्ये सातमा हार बेहोरेको छ।
इंल्यान्ड प्लेइङ-११
ज्याक क्रली, बेन डकेट, ओली पोप, जो रुट, ह्यारी ब्रुक, बेन स्टोक्स (कप्तान), जेमी स्मिथ (विकेटकिपर), क्रिस वोक्स, ब्राइडन कार्स, जोश टंग, शोएब बशिर
भारत प्लेइङ-११:
यशस्वी जैसवाल, शुभमन गिल (कप्तान), करुण नायर, केएल राहुल, ऋषभ पन्त, नितिश कुमार रेड्डी, रवीन्द्र जडेजा, वाशिंगटन सुन्दर, आकाश दीप, मोहम्मद सिराज, प्रसिद्ध कृष्ण