नेपाल प्रिमियर लिगको दोस्रो सिजनका लागि कर्णाली याक्सले मार्की खेलाडी सोमपाल कामीसहित सात खेलाडीलाई रिटेन गरेको छ।
कर्णालीले सोमपालसहित गुल्सन झा, विपिनप्रसाद शर्मा, अर्जुन घर्ती, नन्दन यादव, दीपेन्द्र रावत र युनिस विक्रम ठकुरीलाई टोलीमै राख्ने निर्णय गरेको हो।
विपिन अघिल्लो सिजन ट्यालेन्ट हन्टबाट छानिएका खेलाडी हुन्। उत्कृष्ट प्रदर्शन गरेपछि विपिनले नेपालको यू-१९ टोलीबाट खेलिसकेका छन् भने हाल मलेसियामा नेपालको यू-१६ टोलीको कप्तानी गरिरहेका छन्।
कर्णालीले मौसम ढकाल, देव खनाल, रित गौतम, भुवन कार्की र दिपक डुम्रेलाई भने फुकुवा गरेको छ।
रिटेन खेलाडी
सोमपाल कामी (मार्की), गुल्सन झा, विपिनप्रसाद शर्मा, अर्जुन घर्ती, नन्दन यादव, दीपेन्द्र रावत र युनिस विक्रम ठकुरी।
रिलिज खेलाडी
मौसम ढकाल, देव खनाल, रित गौतम, भुवन कार्की र दिपक डुम्रे