स्कटल्यान्डमा भएको आइसिसी विश्वकप लिग-२ र टी-२० सिरिज खेलेर नेपाली राष्ट्रिय क्रिकेट टोली आइतबार स्वदेश आइपुगेको छ।
नेपाली टोलीले स्कटल्यान्ड र नेदरल्यान्ड्सविरूद्ध लिग-२ र टी-२० सिरिज खेलेको थियो।
लिग-२ मा नेपालले चारमध्ये तीन खेलमा जित निकालेको थियो। टी-२० सिरिजमा भने नेपाल दुई खेलमा जित र दुई खेलमा पराजित भएको थियो।
अब नेपालले अक्टोबरमा हुने टी-२० विश्वकप छनोटको तयारी थाल्नेछ। त्यसका लागि नेपालले श्रीलंका र अस्ट्रेलियामा गएर अभ्यास गर्ने तालिका छ।
यस्तै नेपालले सेप्टेम्बरमा युएईमा वेस्ट इन्डिजविरूद्ध तीन खेलको टी-२० सिरिज पनि खेल्नेछ। त्यसपछि नेपाल ओमान जानेछ।
अक्टोबरमा ओमानमा हुने छनोटमा ९ टोलीले भाग लिनेछन्। जहाँबाट ३ टोली आगामी वर्ष भारत र श्रीलंकामा हुने विश्वकपमा छनोट हुनेछन्।