रोयल च्यालेन्जर्स बेंगलुरुले अन्ततः आफ्नो पहिलो आइपिएल उपाधि जितेर इतिहास रचेको छ।
आइपिएल २०२५ को रोमाञ्चक फाइनलमा बेंगलुरुले पञ्जाब किंग्सलाई ६ रनले पराजित गर्दै लामो समयको प्रतीक्षा समाप्त गरेको छ।
अहमदाबादमा मंगलबार राति भएको फाइनल खेलमा बेंगलुरुले पहिले ब्याटिङ गर्दै २० ओभरमा १९०/९ को स्कोर बनायो।
उसका लागि विराट कोहलीले ३५ बलमा ४३ रन बनाए भने कप्तान रजत पाटिदारले २६ रन, लियाम लिभिङस्टोनले २५ रन र जितेन शर्माले २४ रन बनाए। पञ्जाब किंग्सका लागि अर्शदीप सिंहले ३ विकेट लिए।
जवाफी ब्याटिङमा आएको पञ्जाबले १८४/७ स्कोर बनायो। उसका लागि शंकाक सिंहले नटआउट ६१ रन बनाए पनि जितका लागि पर्याप्त हुन सकेन। किनकी सुरुवातमा पञ्जाब ब्याटर चल्न सकेनन्। बलिङमा बेंगलुरुका भुनवेश्वर कुमार र क्रुनाल पाण्ड्याले २-२ विकेट लिए।
खेलपछि विराट कोहलीले भने, ‘यो हाम्रो टिम र फ्यानहरूका लागि अविस्मरणीय क्षण हो। हामीले धेरै वर्षदेखि यो सपना देखेका थियौं, र आज त्यो पूरा भएको छ।’ उनले टिमको सामूहिक प्रयास र फ्यानहरूको समर्थनलाई जितको श्रेय दिए।
यो सिजन गुजरातका साइ सुदर्शन सर्वाधिक ७५९ रन प्रहार गर्ने खेलाडी भए भने गुजरतकै प्रसिद्ध कृष्ण सर्वाधिक २५ विकेट लिने खेलाडी बने। मुम्बईका सूर्यकुमार यादव प्लेयर अफ सिरिज भए।
आइपिएल विजेताहरू
राजस्थान रोयल्स (२००८)
डेक्कन चार्जर्स (२००९)
चेन्नई सुपर किंग्स (२०१०)
चेन्नई सुपर किंग्स (२०११)
कोलकाता नाइट राइडर्स (२०१२)
मुम्बई इन्डियन्स (२०१३)
कोलकाता नाइट राइडर्स (२०१४)
मुम्बई इन्डियन्स (२०१५)
सनराइजर्स हैदराबाद (२०१६)
मुम्बई इन्डियन्स (२०१७)
चेन्नई सुपर किंग्स (२०१८)
मुम्बई इन्डियन्स (२०१९)
मुम्बई इन्डियन्स (२०२०)
चेन्नई सुपर किंग्स (२०२१)
गुजरात टाइटन्स (२०२२)
चेन्नई सुपर किंग्स (२०२३)
कोलकाता नाइट राइडर्स (२०२४)
रोयल च्यालेन्जर्स बेंगलुरु (२०२५)
अहिलेसम्म मुम्बई इन्डियन्स र चेन्नई सुपर किंग्सले सबैभन्दा धेरै (५-५ पटक) उपाधि जितेका छन्। कोलकाता नाइट राइडर्सले ३ पटक, राजस्थान रोयल्स, सनराइजर्स हैदराबाद, डेक्कन चार्जर्स, गुजरात टाइटन्स र रोयल च्यालेन्जर्स बेंगलुरुले १-१ पटक उपाधि जितेका छन्।