आइपिएल २०२५ को प्लेअफ समिकरण पूरा भएको छ। पञ्जाब किंग्स, रोयल च्यालेन्जर्स बेंगलुरु, गुजरात टाइटन्स र मुम्बई इन्डियन्स प्लेअफमा पुगेका हुन्।
अब क्वालिफायर-१ शीर्ष स्थानको पञ्जाब र दोस्रो स्थानको बेंगलुरुबीच आगामी मे २९ मा प्रतिस्पर्धा हुनेछ।
एलिमिनेटरमा तेस्रो स्थानको गुजरात र चौथो स्थानको मुम्बईबीच मे ३० मा हुनेछ।
क्वालिफायर २ आगामी जुन १ मा अहमदाबादमा (क्वालिफायर १ को हार्ने टोली भर्सेस एलिमिनेटरको विजेता) हुनेछ।
फाइनल आगामी जुन ३ मा अहमदाबादमा (क्वालिफायर १ को विजेता भर्सेस क्वालिफायर २ को विजेता) हुनेछ।
पञ्जाब लिग चरणमा शीर्ष स्थान हासिल गरेर क्वालिफायर १ मा स्थान पक्का गरेको हो। मुम्बई इन्डियन्सलाई पराजित गरेरपछि पञ्जाबको शीर्ष स्थान पक्का भयो।
बेंगलुरु दोस्रो स्थानमा रहेर क्वालिफायर १ मा पुग्यो। लखनउ सुपर जायन्ट्सलाई पराजित गर्दा बेंगलुरुको दोस्रो स्थान पक्का भएको थियो।