आइपिएल २०२५ मा पञ्जाब किङ्सले मुम्बई इन्डियन्समाथि ७ विकेटको शानदार जित निकाल्दै लिग तालिकाको शीर्ष स्थान पक्का गरेको छ।
यस जितसँगै पञ्जाब प्लेअफको क्वालिफायर १ मा स्थान सुरक्षित गर्ने पहिलो टोली बनेको छ। मुम्बईले दिएको १८५ रनको लक्ष्य पछ्याउने क्रममा पञ्जाबका जोश इंग्लिसले ४२ बलमा ७५ रन र प्रियांस आर्याले ३५ बलमा ६२ रन बनाएका थिए।
हारपछि मुम्बई चौथो स्थानमा सीमित बनेको छ भने उसले एलिमिनेटर खेल्नु पर्नेछ।
अब शीर्ष दुईमा पर्ने अर्को टोलीको टुंगो रोयल च्यालेन्जर्स बेंगलुरु र लखनउ सुपर जायन्ट्स बीचको अन्तिम लिग खेलपछि हुनेछ।
खेलले दोस्रो स्थानको गुजरात र तेस्रो बेंगलुरुमध्ये एक टोली शीर्ष दुईमा परेर क्वालिफायरमा पुग्नेछ। बेंगलुरुले जित निकाले दोस्रो हुनेछ भने पराजित भए गुजरात दोस्रो हुनेछ।
प्लेअफ समिकरण:
• क्वालिफायर १: पञ्जाब किङ्स विरूद्ध लिगको दोस्रो स्थान प्राप्त गर्ने टोली
• एलिमिनेटर: लिगको तेस्रो र मुम्बईबीच भिडन्त
• क्वालिफायर २: क्वालिफायर १ मा पराजित टोली र एलिमिनेटर विजेता बीचको प्रतिस्पर्धा
दुवै क्वालिफायरका विजेताबीच उपाधि भिडन्त हुनेछ।