आइसिसी महिला टी-२० विश्वकप एसिया छनोटअन्तर्गत सुपर-३ को अन्तिम खेलमा नेपाललाई घरेलु टोली थाइल्यान्डले १५९ रनको लक्ष्य दिएको छ।
नेपाल र थाइल्यान्डले सुपर-३ को शीर्ष दुईमा रहदै विश्व छनोटमा स्थान पक्का गरिसकेका सकेका छन्। त्यसैले आजको खेलको विजेताले एसिया छनोटको विजेताको टुंगो लाग्नेछ।
मंगलबार विहान टस जितेको नेपालले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको थाइल्यान्डले २ विकेटको क्षतिमा १५८ रन बनायो।
थाइल्यान्डका लागि ओपनर नतायाले अर्धशतक प्रहार गरिन्। उनले ५० रन बनाउने क्रममा ४२ बल खेलेर ५ चौका प्रहार गर्न सफल भइन्।
अर्की ओपनर अपिसाराले २९ रन बनाउँदा ननापतले नटआउट ५० रनको जोडिन्।
बलिङमा नेपालका मनिषा उपाध्याय र राजमति ऐरीले १-१ विकेट लिए।
यसअघि सुपर-३ को पहिलो खेलमा नेपालले युएईलाई ५ विकेटले पराजित गर्दै विश्वकपको विश्व छनोटमा स्थान पक्का गरेको थियो।
अब नेपालले यसै वर्ष विश्व छनोट खेल्दैछ। नेपालले पहिलो पटक विश्व छनोटमा स्थान पक्का गरेको हो।
विश्व छनोटमा १० टोली भिड्नेछन्। १० मध्ये चार टोली सन् २०२६ मा इंग्ल्यान्डमा हुने आइसिसी महिला टी-२० विश्वकपमा छनोट हुनेछन्।