युएईले बंगलादेशविरूद्ध टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा ऐतिहासिक जित निकालेको छ।
सोमबार राति शारजाहमा भएको तीन खेलको सिरिजको दोस्रो खेलमा बंगलादेशमाथि युएईले २ विकेटको जित निकालेको हो।
युएईले बंगलादेशमाथि पहिलो पटक जित निकाल्ने क्रममा २०६ रनको लक्ष्य ८ विकेट गुमाएर अन्तिम बल खेल्न बाँकी छदा पूरा गर्यो।
युएईको जितमा कप्तान मुहमद वासीमले ४२ बलमा ९ चौका र ५ छक्काको मद्दतमा ८२ रन बनाए। हैदर अलीले ६ बलमा १ छक्काको मद्दतमा जोडेको नटआउट १५ रन पनि जितको आधार बनाएको थियो। यस्तै अन्तिम ओभरमा आउट भएका ध्रुव परासरले ७ बलमा १ चौका र १ छक्का प्रहार गर्दै ११ रन बनाए।
त्यसअघि कप्तान वासीम र जाहाइबबीच पहिलो विकेटका लागि १०.१ ओभरमा १०७ रनको साझेदारी भयो। जाहाइबले ३४ बलमा ३८ रन जोडे।
बलिङमा बंगलादेशका शोरिफुल इस्लाम, नहिद राना र रिशद हुसेनले २-२ विकेट लिए।
पहिले ब्याटिङ गरेको बंगलादेशले तान्जिन हसनको ५९ रन र तोहिद हृदोयको ४५ रनको मद्दतमा ५ विकेटको क्षतिमा २०५ रन जोडेको थियो।
यसअघि पहिलो खेलमा बंगलादेश विजयी भएको थियो। अब निर्णायक तेस्रो खेल बुधबार हुनेछ।