विराटनगरमा टी–१० क्रिकेट प्रतियोगिता हुने भएको छ। प्रतियोगिता विराटनगर महानगरपालिका वडा नम्बर–६ को आयोजना हुने भएको हो।
प्रतियोगिता जेठ ४ गते देखि १० गतेसम्म विराटनगर-६ स्थित म्यारीलिबोन विराटनगर ज्वाला क्रिकेट मैदानमा सञ्चालन हुनेछ।
प्रतियोगितामा एन बि एस सि लायन्स, विराटनगर क्रिकेट क्लब एकाडेमी, एग्रो भेट क्रिकेट क्ल्ब, विराटनगर प्यान्थर्स, युनाइटेड लायन हर्ट्स, मिल्स क्रिकेट क्ल्ब, कोशि प्राइड लिग गरी कुल ७ टिमको सहभागिता रहनेछ।
प्रतियोगिताको उद्घाटन खेल एन बि एस सि लायन्स र विराटनगर क्रिकेट क्ल्ब एकाडेमीबीच हुनेछ।
खेल दिवा र रात्रिकालीन समयमा सञ्चालन हुनेछ। खेलको प्रत्यक्ष प्रसारण मकालु टेलिभिजनबाट हुनेछ।