काठमाडौं जिल्ला क्रिकेट संघको आयोजनामा भइरहेको दोस्रो संस्करणको जयकुमारनाथ शाह मेमोरियल इन्टर-स्कूल क्रिकेटमा बिहीबार पहिलो खेलमा रेडियन्ट रिडर्स एकेडेमीले संस्कृति इन्टरनेसनल स्कूललाई ९ विकेटले पराजित गर्यो।
संस्कृति १३.१ ओभरमा ८० रनमा अलआउट भयो। रेडियन्टले १२.४ ओभरमा एक विकेटको क्षतिमा लक्ष्य पूरा गर्यो।
रेडियन्टका शुभम कुमार राजकले ४/१२ को उत्कृष्ट बलिङ प्रदर्शन गर्दै प्लेयर अफ द म्याच घोषित भए।
क्रिएटिभ एकेडेमीले नेक्सस इन्टरनेसनल स्कूललाई ७१ रनले हरायो। क्रिएटिभले २० ओभरमा १४२/७ स्कोर बनायो भने नेक्सस १५.२ ओभरमा ७१ रनमै समेटियो।
अक्षरा स्कूलले पिक पोइन्ट एकेडेमीलाई १४४ रनको फराकिलो अन्तरले हरायो।
यता एन्जल्स हार्ट नेशनल स्कूलले गेटवे एकेडेमीलाई ३२ रनले पराजित गर्यो। एन्जल्स हार्टले २० ओभरमा ११० स्कोर बनायो भने गेटवे १२.३ ओभरमा ७८ रनमा समेटियो। एन्जल्स हार्टका सन्दीप साउदले ४९ रन बनाउनुका साथै ५/१५ को उत्कृष्ट बलिङ प्रदर्शन गर्दै प्लेयर अफ द म्याच बने।