आइसिसी महिला टी-२० विश्वकप एसिया छनोटमा नेपालले पहिलो खेल हङकङसँग खेल्ने भएको छ।
थाइल्यान्डमा हुने छनोटमा नेपाल समूह 'सी' मा छ। यो समूहमा नेपाल र हङकङसँगै बहराइन छ।
नेपालले हङकङसँग वैशाख २६ गते खेल्नेछ। वैशाख २७ मा नेपालले बहराइनसँग दोस्रो खेल्नेछ। त्यसपछि फेरि नेपालले वैशाख ३० मा हङकङ र जेठ १ मा बहराइनसँग प्रतिस्पर्धा गर्नेछ।
समूहमा प्रतिस्पर्धा गरेपछि समूहको शीर्ष टोलीले फाइनल राउन्ड खेल्नेछ। फाइनल राउन्डमा तीन टोलीबीच प्रतिस्पर्धा हुँदा शीर्ष दुई विश्वकप छनोटमा पुग्नेछन्।
एसियाबाट दुई टोली पुग्ने विश्वकप छनोटमा १० टोली भिड्नेछन्। १० मध्ये चार टोली सन् २०२६ मा इंग्ल्यान्डमा हुने आइसिसी महिला टी-२० विश्वकपमा छनोट हुनेछन्।
नेपालले विश्वकप एसिया छनोटका लागि दिल्लीमा तयारी गरेको थियो। जहाँ नेपालले दिल्लीको टोलीसँग पाँच वटा अभ्यास खेले खेलको थियो।
नेपाली टोली
इन्दू बर्मा (कप्तान), पूजा महतो (उप-कप्तान), रुबिना क्षेत्री, बिन्दु रावल, राजमती ऐरी, मनीषा उपाध्याय, कविता जोशी, रुबी पोद्दार (विकेटकिपर), सबनम राई, रिया शर्मा, सम्झना खड्का, रोमा थापा (विकेटकिपर), ईश्वरी बिस्ट