सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)मा सुदूरपश्चिमविरूद्ध लुम्बिनीले फितलो ब्याटिङ गरेको छ।
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा लुम्बिनीले चार ओभरमै पाँच विकेट गुमाउन पुगेको हो।
शनिबार भएको पहिलो खेलमा १८८ रनको लक्ष्य पछ्याएको लुम्बिनीले चार ओभरको समाप्तिमा कप्तान र दुई ओपनरसहित ५ विकेट गुमाएको हो।
लुम्बिनीका ओपनर अर्जुन साउदलाई सुदूरपश्चिमका स्कट कुगलेइजनले एलबिडब्लु धरापमा पार्दै आउट गरेका थिए। सोही ओभरको अन्तिम बलमा अर्का ओपनर उन्मक्त चन्द आउट।
साउदको विकेटपछि आएका कप्तान रोहित पौडेले दोस्रो ओभरको पाँचौं बलमा आउट भए। उनलाई ब्रान्डन मिकमलेनले इशान पाण्डेबाट क्याच आउट गराए। रोहितको विकेटपछि आएक साद बिन जाफरलाई पनि मिकमलेनले लगत्तै आउट गरेका थिए।
लुम्बिनीले ८ ओभरमा ५ विकेटको क्षतिमा ४४ रनमात्रै बनाएको छ।
जारी एनपिएलमा लुम्बिनीको यो तेस्रो खेल हो। यसअघिका दुवै खेलमा लुम्बिनी पराजित भएको थियो। सुदूरपश्चिमले अघिल्लो दुवै खेल जितेको थियो।