आइसिसी विश्वकप लिग-२ मा नेपालले अमेरिकाविरूद्ध पहिले बलिङ गर्ने भएको छ।
अमेरिकाको टेक्सासस्थित डालासको ग्रान्ड प्रिएरी स्टेडियममा नेपालले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको हो।
त्रिकोणात्मक सिरिजमा नेपालको यो तेस्रो खेल हो। यसअघि पहिलो खेलमा नेपाल पराजित भएको थियो। दोस्रो खेलमा स्कटल्याण्डलाई पराजित गरेको थियो।
आजको प्लेइङ इलाभेनमा कुनै परिवर्तन गरिएको छैन।
प्लेइङ इलाभेनमा रोहित पौडेल, आशिफ शेख, कुशल भूर्तेल, अनिल साह, आरिफ शेख, कुशल मल्ल, दिपेन्द्र सिंह ऐरी, सोमपाल कामी, गुल्सन झा र सन्दीप लामिछाने छन्।
नेपालले लिग-२ का ८ खेल खेलिसक्दा दुई खेल मात्रै जितेको छ।
गत फेब्रुअरी १७ मा कीर्तिपुरस्थित त्रिवि मैदानमा नेदरल्यान्ड्सलाई ९ विकेटले पराजित गरेपछि नेपाल लिग-२ का सात खेलमा जितविहीन बनेको थियो। ७ मध्ये ६ खेलमा नेपाल पराजित हुँदा १ खेल वर्षाका कारण रद्द भएको थियो।
नेपाली टोलीमा कप्तान रोहित पौडेल, कुशल भूर्तेल, आशिफ शेख, अनिल साह, भिम सार्की, आरिफ शेख, कुशल मल्ल, दिपेन्द्रसिंह ऐरी, अर्जुन साउद, सोमपाल कामी, करण केसी, गुल्सन झा, रिजन ढकाल, सन्दीप लामिछाने, देव खनाल, सागर ढकाल छन्।