पुरुष टी–२० विश्वकप अफ्रिका उप-क्षेत्रीय छनोट प्रतियोगितामा जिम्बाब्वेले बुधबार गाम्बियाविरुद्ध ४ विकेटमा ३ सय ४४ रन बनाएर टी–२० क्रिकेटमा सर्वाधिक रन बनाउने कीर्तिमान तोडेको छ।
खेलमा सिकन्दर राजाले केवल ३३ बलमा शतक प्रहार गरे। उनले १५ छक्कासहित १३३ रनमा अविजित रहे।
उनीबाहेक अरु खेलाडीले थप १२ छक्का प्रहार गरे। यसअघि नेपालले एक इनिङमा सबैभन्दा बढी (३१४) र सर्वाधिक छक्का (२६) प्रहार गरेको थियो।
जिम्बावेविरुद्धको जवाफी ब्याटि गाम्बिया ५४ रनमा आउट भयो हुँदा जिम्बावेले अहिलेसम्मकै ठूलो जित (रनको हिसाबले) निकाल्यो।