नेपाल प्रिमियर लिग (एनपिएल) टोली पोखरा एभेन्जर्सले पहिलो विदेशी खेलाडी भित्र्याएको छ।
अमेरिकाका विकेटकिपर ब्याट्सम्यान आन्द्रेस गौस पोखरामा भित्रिएका हुन्।
दक्षिण अफ्रिकामा जन्मिएर त्यहाँ उमेर समूहका क्रिकेट खेलेका उनी दायाँ हाते ब्याटर हुन्।
आगामी मंसिर १५ देखि पुस ६ सम्म कीर्तिपुरस्थित त्रिवि मैदानमा हुने एनपिएलमा खेल्न आउन लागेका आन्द्रेस हाल अमेरिकी टोलीबाट खेलिरहेका छन्।
उनले अमेरिकाबाट अहिलेसम्म २० टी-२० र तीन वटा एकदिवसीय खेल खेलेका छन्।
उनले टी-२० विश्वकप २०२४ मा दक्षिण अफ्रिकाविरूद्ध ४३ बलमा ९१ रन जोडेका थिए।
पोखराको प्रशिक्षकमा भारतका राजीव कुमार छन्। उनले आइपिएल टोली चेन्नई सुपर किंग्सको ब्याटिङ र फिल्डिङ प्रशिक्षक भएर काम गरेका थिए।
यस्तै पोखराको मार्की खेलाडीमा कुशल भुर्तेल रहेका छन।