घरेलु टोली क्यानडा र ओमानविरूद्धको त्रिकोणात्मक टी-२० सिरिजमा नेपालले आफ्नो तेस्रो खेल खेल्दैछ।
घरेलु टोली क्यानडाविरूद्ध ओन्टेरियोको किङ सिटीमा हुने खेलमा नेपालले टस हारेको छ।
टस जितेको क्यानडाले फिल्डिङ रोजेसँगै खेलमा नेपालले पहिले ब्याटिङ गर्ने भएको छ।
खेलमा नेपालले दुई खेलाडी परिवर्तन गरेको छ। सोमपाल कामी र ललित राजवंशी टोलीमा फर्किएका छन्। यसअघिको टोलीमा रहेका देव खनाल र रिजन ढकाल बाहिरिएका छन्।
नेपाली टोली
रोहित पौडेल, आसिफ शेख, अनिल साह, दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, कुशल मल्ल, करण केसी, सन्दीप लामिछाने,गुल्सन झा, सोमपाल कामी, ललित राजवंशी।
यसअघि शनिबार भएको पहिलो टी-२० खेलमा नेपालमाथि घरेलु टोली क्यानडाले १४ जित निकालेको थियो। आइतबार भएको दोस्रो खेलमा भने नेपालले ओमानलाई ३७ रनले हराएको थियो।
नेपालले यसअघि दुवै टोलीसँग आइसिसी विश्वकप लिग-२ खेल खेलेको थियो। तीन खेलमा पराजित भएको नेपालको अन्तिम खेल वर्षाले रद्द भएको थियो।