नेपाल प्रिमियर लिग (एनपिएल) टिमद्वय चितवन र काठमाडौंले आफ्नो नाम र लोगो घोषणा गरेका छन्।
कान्तिपुर पब्लिकेसनको स्वामित्वमा रहेको काठमाडौंको आधिकारिक नाम काठमाडौं गोर्खाज हुने भएको छ।
यस्तै चितवन मेडिकल कलेजको स्वामित्वमा रहेको चितवनको आधिकारिक नाम चितवन राइनोज हुने भएको छ।
यसअघि सुदूरपश्चिम रोयल्स, कर्णाली याक्स र पोखरा एभेन्जर्सले पनि आफ्नो नाम घोषणा गरेका थिए।
एनपिएल आगामी मंसिर १५ देखि पुस ६ सम्म कीर्तिपुरस्थित त्रिवि मैदानमा हुँदैछ।
एनपिएलमा विराटनगर, जनकपुर, काठमाडौं, चितवन, पोखरा, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम गरी आठ भाग लिँदैछन्।