क्यानडाविरूद्धको पहिलो टी-२० खेलमा नेपालले टस जितेर फिल्डिङ रोजेको छ।
क्यानडाको ओन्टेरियोस्थित किङ सिटीमा नेपालले सिरिजको पहिलो खेल खेल्न लागेको हो। सिरिजमा ओमान पनि सहभागी छ।
नेपाली टोली
रोहित पौडेल, देव खनाल, दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तल, कुशल मल्ल अनिल साह, आसिफ शेख, करण केसी, रिजन ढकाल, सन्दीप लामिछाने, सोमपाल कामी।
यसअघि नेपालले क्यानडामै आइसिसी विश्वकप लिग-२ अन्तर्गतको सिरिज खेलेको थियो।
सिरिजका जितबिहीन बनेको नेपालले क्यानडाविरुद्धका दुवै खेल र ओमानसँग पहिलो खेलमा पराजित भएको थियो। ओमानविरूद्धको दोस्रो खेल भने वर्षाले प्रभावित भएको थियो।
क्यानडामा सिरिज खेलेपछि नेपाली टोली अमेरिका जाने कार्यक्रम छ। नेपालले अमेरिकासँग टी-२० सिरिज खेलेपछि अमेरिका र स्कटल्यान्डसँग लिग-२ को सिरिज खेल्नेछ।