बंगलादेशका पूर्वकप्तान शकिब अल हसनले टेस्ट र टी-२० अन्तर्राष्ट्रिय खेलबाट संन्यास लिने बताएका छन्।
हसनले अक्टोबरमा दक्षिण अफ्रिकाविरुद्धको ढाका टेस्ट आफ्नो अन्तिम हुने बताएका छन्। उनले भारतविरुद्धको कानपुर टेस्ट अघि मिडियासँग कुरा गर्दै टेस्ट र टी-२० खेलबाट अलग हुने बताएका हुन्।
उनले गत जुनमा भएको टी-२० विश्वकप आफ्नो अन्तिम टी-२० खेल भएको पनि बताएका थिए।
दक्षिण अफ्रिकाविरुद्धको सिरिज पक्का हुन बाँकी छ। क्रिकेट दक्षिण अफ्रिकाले यस हप्ताको सुरुमा स्थलको निरीक्षण पछि सुरक्षा क्लियरेन्स दिन बाँकी छ।
शब बंगलादेशको अवामी लिग नेतृत्वको सरकारका सांसद थिए। अगस्ट ५ मा अवामी लिग नेतृत्वको सरकारको पतन भएदेखि शकिबले जटिलताको सामना गर्नुपरेको छ र उनी देशमा छैनन्।
‘म दक्षिण अफ्रिका सिरिजका लागि उपलब्ध छु तर देशमा धेरै कुरा भइरहेको हुँदा स्वाभाविक रूपमा सबै कुरा आफूमा निर्भर हुँदैन,’ शकिबले भने, ‘मैले क्रिकेट बोर्डसँग टेस्ट क्रिकेटको बारेमा मेरो योजनाको बारेमा छलफल गरेको छु। विशेष गरी यो सिरिज र घरेलु सिरिजबारेमा छलफल भएको छ। म सोचिरहेको थिएँ कि यो मेरो अन्तिम टेस्ट सिरिज हुन सक्छ।’
उनले अघि भने, ‘मैले बोर्डका फारुक भाइ र चयनकर्तालाई भनेको छु। यदि म खेल्न सक्छु भने मेरो अन्तिम टेस्ट ढाकामा हुनेछ। बंगलादेशमा खेल्न र सुरक्षित महसुस गर्न सक्छु भन्ने कुरा बोर्डले सुनिश्चित गर्न कोशिस गरिरहेको छ। म बंगलादेशको नागरिक हुँ, त्यसैले मलाई बंगलादेश फर्कन कुनै समस्या हुनुहुँदैछ। मेरो चिन्ता बंगलादेशमा मेरो सुरक्षा हो। मेरो नजिकका साथी र परिवारका सदस्य पनि चिन्तित छन्। त्यहाँ यसको समाधान हुनुपर्छ।’