इंग्ल्यान्डविरूद्धको पहिलो एकदिवसीय खेलमा अस्ट्रेलियाले ७ विकेटको जित निकालेको छ।
घरेलु टोली इंग्ल्यान्डले दिएको ३१६ रनको लक्ष्य अस्ट्रेलियाले ४४ ओभरमै ३ विकेटको क्षतिमा पूरा गर्यो।
अस्ट्रेलियाका लागि ओपनिङ ब्याटर ट्राभिस हेडले नटआउट १५४ रन जोडे। उनले १२९ बलमा २० चौका र ५ छक्का प्रहार गरे।
कप्तान मिचेल मार्स १० रनमा आउट हुँदा मर्नस लबुसनेले ६१ बलमा नटआउट ७७ रन बनाए।
त्यसअघि पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले बेन डकेटको ९५ रन र विल ज्याक्सको ६२ रनको मद्दतमा दुई बल खेल्न बाँकी छदा अलआउट हुने क्रममा ३१५ रन जोडेको थियो। बलिङमा अस्ट्रेलियाका एडम जाम्पा र लबुसेनले ३-३ विकेट लिए।