आयोजक श्रीलंकाले एसिसी महिला एसिया कप २०२४ को उपाधि जितेको छ।
आइतबार श्रीलंकाको दम्बुलामा भएको फाइनलमा घरेलु टोलीले भारतलाई ८ विकेटले पराजित गरेको हो।
टस जितेर पहिले ब्याटिङ गरेको भारतले ६ विकेटको क्षतिमा १६५ रन जोड्यो।
उसका लागि स्मृति मन्धनाले सर्वाधिक ६० रन जोडिन् भने ऋचा घोषले ३० रनको योगदान गरिन्। बलिङमा श्रीलंकाकी कभिसा दिलहरीले २ विकेट लिए।
१६६ रनकको लक्ष्य श्रीलंकाले १८.४ ओभरमा २ विकेटको क्षतिमा पूरा गर्यो। ओपनर गुणरत्ने एक रनमा आउट भए पनि चमरी अथापथ्थुले ६१ र हर्षिताले नटआउट६९ रन जोडिन्।
श्रीलंकाकी कप्तान अथापथ्थु प्लेयर अफ सिरिज भइन्। श्रीलंकाले पहिलो पटक एसिया कप जितेको हो। यसअघि श्रीलंका पाँच पटक फाइनल पुगेर पनि उपाधि जित्न सकेको थिएन।