मुम्बई इन्डियन्स लखनउ सुपर जायन्ट्ससँग पराजित भएको छ।
इन्डियन प्रिमियर लिग (आइपिएल)मा शुक्रबार आफ्नो अन्तिम खेल खेलेको मुम्बई लखनउसँग १८ रनले पराजित भएको हो।
लखनउले दिएको २१५ रनको लक्ष्य पछ्याउने क्रममा मुम्बई ले ६ विकेट गुमाएर १९६ रन मात्रै बनाउन सक्यो।
त्यसक्रममा ओपनर रोहित शर्माले सर्वाधिक ६८ रन बनाए। उनले ३८ बलमा १० चौका र ३ छक्का प्रहार गरे।
अर्का ओपनर देवल्ड ब्रेविसले २० बला १ चौका र २ छक्का प्रहार गरी २३ रन बनाए।
सूर्यकुमार यादव शून्य रनमा आउट हुँदा कप्तान हार्दिक पाण्ड्याले १६ रन र इशान किसनले १४ रन बनाए।
नमन धीर २८ बलमा ४ चौका र ५ छक्का प्रहार गरी ६२ रन बनाएर नट आउट रहे।
बलिङतर्फ लखनउका रवि बिस्नोई र नवीन उल हकले २/२ विकेट लिँदा क्रुनाल पाण्ड्या र मोशिन खानले १/१ विकेट लिए।
पहिले ब्याटिङ गरेको लखनउले ६ विकेटको क्षतिमा २१४ रन बनाएको थियो।
लखनउका लागि निकोलस पुरनले बिस्फोट ब्याटिङ गरे। उनले २९ बलमा ५ चौका र ८ छक्का प्रहार गरी ७५ रन बनाए।
त्यस्तै ओपनर तथा कप्तान केएल राहुलले ४१ बलमा ३ चौका र ३ छक्का प्रहार गरी ५५ रन बनाए । अर्का ओपनर देवदत्त पाडिकल पहिलो बलमै आउट भएका थिए।
मार्कस स्टोइनिसले २८, आयुष बदोनीले २२ तथा क्रुनाल पाण्ड्याले १२ रन जोडे।
बलिङतर्फ मुम्बईका नुवन थुसारा र पियुष चावलाले ३/३ विकेट लिए।
दुबै टिम यसअघि नै प्लेअफबाट बाहिरीसकेको छ।
लिग चरणका १४ खेलमध्ये मुम्बले ४ वटा खेलमा मात्रै जित हात पारेको थियो। बाँकी १० खेलमा पराजित हुँदै तालिकाको पुछारमा रहेर बाहिरयो।
लखनउ ७ जित र ७ हारसहित छैटौं स्थानमा रहेर बाहिरिएको छ।
कोलकाता नाइट राइडर्स, राजस्थान रोयल्स र सनराइजर्स हैदरावाद प्लेअफमा पुगिसकेका छन् भने एक टिमको टुंगो लाग्न बाँकी छ।
आज चेन्नई सुपर किंग्स र रोयल च्यालेञ्जर्स बैंगलुरूबीचको खेलबाट प्लेअफ टुंगो लाग्नेछ।