आइपिएल २०२४ को अहिले लिगको अन्तिम चरणका खेल भइरहेका छन्। अन्तिम खेलअघि नै कोलकता नाइटराइडर्सले १९ अंक जोडेर शीर्ष स्थानमा रहने पक्का गरिसकेको छ।
१६ अंक जोडेर दोस्रो स्थानमा रहेको राजस्थान रोयल्स र १५ अंक जोडेर तेस्रो स्थानमा रहेको सनराइजर्स हैदरावादले पनि प्लेअफमा स्थान पक्का गरेका छन्। अब दुई टोलीबीच दोस्रो स्थानका लागि प्रतिस्पर्धा हुनेछ।
प्लेअफमा पुग्ने चौथो टोलीको टुंगो लाग्न बाँकी छ। भोलि राति रोयल च्यालेन्जर्स बेंगलुरु र चेन्नई सुपरकिंग्सबीचको खेलमा विजयी हुने टोली प्लेअफमा पुग्नेछ। चेन्नईको भने दोस्रो हुने पनि सम्भावना छ।
राजस्थान रोयल्स
खेलेको: १३, अंक: १६, रनरेट : ०.२७३
बाँकी खेल : कोलकता (होम)
राजस्थानले आइतबार कोलकाता नाइट राइडर्सलाई हराएमा दोस्रो हुनेछ। हारेमा हैदरावादले पछि पार्न सक्छ। त्यसका लागि अन्तिम खेलमा हैदरावादले जित निकाल्न पर्नेछ।
यद्यपी हारेमा भने राजस्थान चौथो स्थानमा झर्न सक्छ। त्यसका लागि हैदरावादले जित निकाल्दा र चेन्नईले बेंगलुरुलाई हराउन पर्छ।
सनराइजर्स हैदरावाद
खेलेको: १३, अंक: १५, रनरेट : ०.४०६
बाँकी खेल : पञ्जाब किंग्स (होम)
गुजरात टाइटन्स विरुद्धको खेलमा कमाएको एक अंकले हैदरावादलाई प्लेअफमा पुर्याएको छ। तेस्रो स्थानमा रहेको हैदरावादको शीर्ष दुईमा पर्ने समिकरण आफ्नो हातमा छैन।
अन्तिम खेल जितेमा उसको १७ अंक हुनेछ। तर राजस्थानले खेल जिते १८ अंक जोड्दै दोस्रोमा रहनेछ। राजस्थानले हारे मात्र उसको सम्भावना हुनेछ। अन्तिम खेल रद्द भएमा र राजस्थानले हारेमा पनि हैदरावाद तेस्रो स्थानमै रहनेछ। किनकी राजस्थानले बढी खेल जितेको छ।
चेन्नई सुपर किंग्स
खेलेको: १३, अंक: १४, रनरेट: ०.५२८
बाँकी खेल : बेंगलुरु (अवे)
चेन्नईलाई शीर्ष चारमा परेर प्लेफमा पुग्न एक अंक चाहिएको छ। खेल वासआउट भए चेन्नई प्लेफअ पुग्नेछ। अथवा बेंगलुरुलाई पराजित गरे उसलाई पर्याप्त हुनेछ। चेन्नईले जित्दा राजस्थानले हार्यो भने तथा यदि हैदरावादले अन्तिम खेलबाट एक अंकभन्दा बढी प्राप्त गरेन भने चेन्नई दोस्रो स्थानमा पुग्न सक्छ।
रोयल च्यालेन्जर्स बेंगलुरु
खेलेको: १३, अंक: १२, रनरेट: ०.३८७
बाँकी खेल : चेन्नई (होम)
छैटौं स्थानको बेंगलोरका लागि चौथो बनेर प्लेअफमा पुग्न सहज भने छैन। उनले चेन्नईलाई हराएर मात्र पुग्दैन १८ रनले वा ११ बल बाँकी छदा लक्ष्य भेट्टाएर जित निकाल्दै रनरेटमा अघि हरनुपर्छ। खेल रद्दमा भएमा प्लेअफ सम्भावना सकिनेछ।