भारतीय कप्तान बिराट कोहली आगामी जुन १४ तारिखबाट सुरु हुने अफगानिस्तानसँगको टेष्ट नखेल्ने भएका छन्।
इंग्ल्याण्डको प्रसिद्ध काउन्ट्री च्याम्पियनशिपमा सहभागी हुने भएपछिउनी अफगानिस्तानबिरूद्धको टेष्ट नखेल्ने भएको भारतीय स१चार माध्यमहरूले जनाएक छन्।
आगामी अगष्ट महिनामा इंग्ल्याण्ड बिरुद्द हुने टेस्ट शृंखलाको तयारीका लागि बिराट काउन्ट्री क्रिकेटमा सहभागी हुँदैछन्।
यसअघि सन् २०१४ मा भारतले इंग्ल्याण्ड भ्रमण गर्दा कोहलीको ब्याटिङ नचलेको भन्दै आलोचित भएका थिए।
कोहलीले इंग्ल्याण्ड बिरुद्दको ५ टेस्टमा १३.४० को खराब औसतमा १३४ रन मात्र जोड्न सकेका थिए। तर यसपटक भने भारतीय क्रिकेट टोलीले इंग्ल्याण्ड भ्रमण गर्नुअघि कोहलीलाई काउन्ट्री क्रिकेटमा सहभागी गराउने भएको भारतीय पत्रिका “दि टाइम्स अफ इन्डिया” मा समाचार प्रकाशित भएको छ।
समाचार अनुसार कोहलीले सर्रे टोलीबाट काउन्टी क्रिकेट खेल्ने छन्। यस सिजनमा भारतका अन्य दुई खेलाडीहरु चेतेश्वर पुजारा र इशान्त शर्माले काउन्टी क्रिकेटका लागि सम्झौता गरिसकेका छन्।
पुजाराले योर्कसायर र इशान्तले सुसेक्सबाट काउन्टी क्रिकेट खेल्ने तय भइसकेको छ।
कोहली काउन्टी क्रिकेट खेल्न इंग्ल्याण्ड गएपछि उनले अफगानिस्तान बिरुद्द हुने टेस्ट गुमाउने छन्।
आईसीसीबाट टेस्ट राष्ट्रको मान्यता पाएपछि अफगानिस्तानले पहिलो पटक खेल्न लागेको टेष्टमा कोहलीको अनुपस्थित हुने भएका हुन्।