बंगलादेशलाई हराउँदै भारत त्रिकोणात्मक सिरीज़को फाइनलमा प्रवेश गरेको छ। श्रीलंकामा जारी ट्वान्टी-ट्वान्टी प्रतियोगिता अन्तर्गत बुधबार आफ्नो तेस्रो खेलमा बंगालदेशलाई १७ रनले हराउँदै भारत उपाधिनजिक पुगेको हो।
कोलम्बोमा टस हारेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १७६ रन बनाएको थियो। उसका लागि कप्तान रोहित शर्माले सर्वाधिक ८९ रन बनाए। ६१ बल खेलेका शर्माले ५ छक्का र ५ चौका प्रहार गरेका थिए। यस्तै सुरेश रैनाले ४७ रन बनाएका थिए। शिखर धवनले ३५ तथा दिनेश कार्तिकले २ रन बनाएका थिए। बंगलादेशका रूवेल हुसेनले २ विकेट लिए।
१७७ रनको लक्ष्य लिएर मैदानमा आएको बंगालदेश २० ओभर पुरै खेल्दै ६ विकेट गुमाएर १५९ रनमा समेटियो।
बंगलादेशका लागि मुश्फिकुर रहीमले ७२ तथा साबिर रहमान र तामिम इक्वालले समान २७ रन बनाउनुबाहेक अन्यले दोहोरो रनको स्कोर छुन सकेनन्। बंगलादेशलाई सस्तैमा समेट्ने क्रममा भारतका लागि वाशिङ्टन सुन्दरले तीन तथा मोहम्मद सिराज, शार्दुल ठाकुर र यजुवेन्द्र चहलले समान १-१ विकेट लिए।
अहिलेसम्म सिरिजमा असफल रहेका भारतीय ओपनर रोहित शर्मा र शिखर धवनले उत्कृष्ट सुरूवात गर्दै ७० रनको साझेदारी गरे। २७ बल खेलेका धवन ३५ रनमा आउट भएका थिए।
लगातार खराब फर्ममा रहेका भारतीय कप्तान रोहित शर्माले बुधबार सानदार प्रदर्शन गरेका छन्। उनले दोस्रो विकेटका लागि सुरेश रैनासँग १०२ रनको साझेदारीसमेत गरे।
रोहितले ६१ बलमा ८९ रनको पारी खेल्दै अन्तिम बलमा रन आउट भए। यस्तै सुरेश रैनाले शानदार ब्याटिङ गर्दै ३० बलमा ४७ रन बनाए। रैनाले ५ चौका र २ छक्का प्रहार गरेका थिए।
१७७ रनको लक्ष्य पछ्याएको बंग्लादेशले सुरूवाती ६१ रनमा ४ विकेट गाइसकेको थियो।
संकटमा रहेक बंगालदेशलाई मुश्फिकुर रहीमले जित नजिक पुर्याए। ८ चौङ्का र १ छक्कासहित रहिमले ७२ रन बनाएपनि हार टार्स सकेनन्।
उनले ५५ बल खेलेका थिए। उनीबाहेक तमीम इकबाल र सब्बीर रहमानले समान २७ रन बनाएका थिए। पुरै २० ओभर खेलेको बंगालदेश ६ विकेट गुमाएर १५९ रन मात्र बनाउन सक्यो।
आजको जितसँगै भारत ४ खेलबाट ३ जितसहित फाइनलमा प्रवेश गरेको छ। यद्यपी आज पराजित बंगलादेशले अब फाइनल प्रवेशका लागि श्रीलंकाको सामना गर्नेछ।