प्रदेशमै पहिलो पटक सञ्चालित कर्णाली प्रदेशस्तरीय टि–ट्वेन्टी क्रिकेट प्रतियोगिताको उपाधि सुर्खेतले हात पारेको छ । शनिबार भएको अन्तिम खेलमा प्रतिस्पर्धी रुकुमलाई ३ वीकेटले पराजीत गर्दै सुर्खेतले उपाधी हात पारेको ।
सुरूमा व्याटिङ गर्दै रुकुमले सुर्खेतलाई ११३ रनको लक्ष्य दिएको थियो। जवाफी व्याटिङमा उत्रेको सुर्खेतले सो लक्ष्य ७ वीकेट गुमाउँदै हात पार्यो ।
प्रतियोगितामा सुर्खेतका ललित प्याकुरेल म्यान अफ दी म्याच बने। उनले १८ रन दिदैं ४ वीकेट लिए । यसैगरी उत्कृष्ट व्याट्सम्यान पनि सुर्खेतकै निश्चल रावत बन्दा रुकुमका विवस गिरी उत्कृष्ट बलर घोषित भए ।
प्रतियोगिताको म्यान अफ दी सिरिज पनि सुर्खेतका खेलाडी पाए। सो उपाधि सुर्खेतका रविन्द्रजंग शाही प्राप्त गरे । प्रतियोगितमा शाहीले ७ वीकेटमा २१५ रन बनाएका थिए ।
प्रतियोगितामा सहभागी उत्कृष्ट खेलाडी तथा समूहहरुलाई मेडल, प्रमाणपत्रसहित पुरस्कार प्रदान गरिएको थियो ।
सुर्खेत जिल्ला क्रिकेट संघले आयोजना गरेको प्रदेशस्तरीय क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेशका सल्यान, रुकुम, जाजरकोट, दैलेख, जुम्ला र सुर्खेत गरि ६ जिल्लाका खेलाडीहरुले सहभागिता जनाएका थिए । प्रतियोगितामा १० वटै जिल्लाको सहभागिता गराउने उद्देश्य राखिएको भएपनि भौगोलिक विकटताका कारण हुम्ला, डोल्पा, मुगु र कालिकोटबाट सहभागी गराउन नसकिएको आयोजक जिल्ला क्रिकेट संघ सुर्खेतले जनाएको छ ।