जिम्बाम्बेमा जारी आईसीसी एकदिवसीय विश्वकप छनोट क्रिकेट प्रतियोगिता अन्तर्गतको अफगानिस्तानविरूद्ध नेपालले १९५ रनको लक्ष्य दिएको छ।
टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरको खेलमा ४९.५ ओभरमा सबै विकेट गुमाएर १९४ रन बनाएको हो।
नेपालकका लागि कप्तान पारस खड्काले सर्वाधिक ७५ रनको योगदान दिए। ८२ बल खेलेका खड्काले १ छक्का र १० चौका प्रहार गरे।
यस्तै दीपेन्द्र सिंह ऐरीले बिस्फोटक ब्याटिङ गर्दै ४१ बलमा ३२ रन बनाए। उनले १ छक्का र ३ चौका प्रहार गरे।
उपकप्तान ज्ञानेन्द्र मल्लले दोस्रो विकेटका लागि कप्तान पारस खड्कासँग ९२ रनको साझेदारी खेल्दै २३ रन बनाएर आउट भए। उनले ६९ बला २ चौका हिर्काए। अर्का ओपनर अनिल साह ७ रनमा आउट भएका थिए।
रोहितकुमार पौडेल १३ बल खेलेर १ रनमा आउट भए। त्यसपछि आएका आरिफ शेख २३ रन बनाएर आउट भए। उनले ३६ बल खेल्दै ३ चौका प्रहार गरे। लगत्तै सोमपाल कामी ९ रन बनाएर आउट भए। करण केसी ६ रन बनाएर आउट भए। उनले एक छक्का मात्र प्रहार गरे। सन्दिप लमिछाने शून्यमा आउट भए।
बसन्त रेग्मी ९ रन बनाएर नटआउट रहे भने ललित राजबंशी शून्य रनमा आउट भए।
अफगानिस्तानका लागि ओडिआईमा १०० विकेट लिएका मोहम्मद नाबीले ४ तथा रासिद खानले पनि ३ विकेट लिए।
आजको खेल दुबै टोलीका लागि महत्वपूर्ण रहेको छ। अघिल्ला दुई खेलमा लगातार पराजय बेहोरेको नेपाली टोलीलाई सुपर सिक्सको सम्भावना जीवित राख्न यो खेलमा जित अत्यावश्यक छ। भने तीन खेलमा हार व्यहोरिसकेको अफगानिस्तानका लागि पनि सुपर सिक्स पुग्ने झिनो आशा कामय राख्न आजको खेल जित्नै पर्ने देखिन्छ।
प्रतियोगितामा नेपालको सुरुवात पनि गतिलो हुन सकेको छैन। सुरुवाती दुई खेल गुमाइसकेको नेपालको सुपर सिक्समा पुग्ने आशा बने बाँकी नै छ। त्यसका लागि नेपालले शनिबार अफगानिस्तान र सोमबार हङकङलाई पराजित गर्नुपर्ने हुन्छ।