जिम्बाम्बेमा जारी आईसीसी एकदिवसीय विश्वकप छनोट क्रिकेट प्रतियोगिता अन्तर्गतको अफगानिस्तानविरूद्ध नेपालले तेस्रो विकेटका रूपमा कप्तान पारस खड्कालाई गुमाएको छ।
टस जितेर ब्याटिङ गरिरहेको नेपालका लागि तेस्रो नम्बरमा आएका खड्काले ८२ बलमा १ छक्का र १० चौका सहित ७५ रन बनाएर आउट भए। लिस्ट एमा आठौं अर्धसतक प्रहा गरेका खड्का २८.५ ओभरमा मोहम्मद नाबीको बलमा आउट भए।
खड्काले यसअघि तेस्रो विकेटका लागि ओपनरर ज्ञानेन्द्र मल्लसँग ९२ रन र दीपेन्द्र सिंह ऐरीसँग ६ रनको साझेदारी गरे।
यसअघि ओपनर ज्ञानेन्द्र मल्लल २३ र अनिल साह ७ रनमा आउट भएका थिए।
आजको खेल दुबै टोलीका लागि महत्वपूर्ण रहेको छ। अघिल्ला दुई खेलमा लगातार पराजय बेहोरेको नेपाली टोलीलाई सुपर सिक्सको सम्भावना जीवित राख्न यो खेलमा जित अत्यावश्यक छ। भने तीन खेलमा हार व्यहोरिसकेको अफगानिस्तानका लागि पनि सुपर सिक्स पुग्ने झिनो आशा कामय राख्न आजको खेल जित्नै पर्ने देखिन्छ।
प्रतियोगितामा नेपालको सुरुवात पनि गतिलो हुन सकेको छैन। सुरुवाती दुई खेल गुमाइसकेको नेपालको सुपर सिक्समा पुग्ने आशा बने बाँकी नै छ। त्यसका लागि नेपालले शनिबार अफगानिस्तान र सोमबार हङकङलाई पराजित गर्नुपर्ने हुन्छ।