जिम्बाम्बेमा जारी आईसीसी एकदिवसीय विश्वकप छनोट क्रिकेट प्रतियोगिता अन्तर्गतको अफगानिस्तानविरूद्ध नेपालले दोस्रो विकेट गुमाएको छ।
ओपनर ज्ञानेन्द्र मल्ल २३ रन बनाएर आउट भए। जारी प्रतियोगितामा सबैभन्दा बढी समय टिकेका मल्लले कप्तान पारस खड्कासँग तेस्रो विकेटका लागि ९२ रनको साझेदारी गर्दै आउट भए।
६९ बल खेलेका मल्लले २ चौका प्रहार गरे।
टस जितेर ब्याटिङ गरिरहेको नेपालले सुरुवातमै विकेट गुमाए पनि पारस खड्का र ज्ञानेन्द्र मल्लले सम्हालिएर ब्याटिङ गरिरहेका थिए।