जिम्बाम्बेमा जारी आईसीसी एकदिवसीय विश्वकप छनोट क्रिकेट प्रतियोगिता अन्तर्गतको अफगानिस्तानविरूद्ध नेपालले १५० रन पुरा गरेको छ।
टस जितेर ब्याटिङ गरिरहेको नेपालले ३७. ५ ओभरमा १५० रन पुरा गरेको हो।
नेपालले सुरुवातमै विकेट गुमाए पनि पारस खड्का र ज्ञानेन्द्र मल्लले ९२ रनको साझेदारी गर्दे टिमलाई मध्यम स्कोरतर्फ अघि बढाएका हुन्।
खड्काले ७५ र बनाएर आउट भए भने मल्ल २३ रन बनाएर आउट भए।
यसअघि ओपनर अनिल साह १३ बल खेल्दै १ चौकासहित ७ रनमा आउट भए। खड्काको ठाउँमा आएका रोहित कुमार पौडेल १ रनमा आउट भए।
नेपालका लागि दीपेन्द्र सिंह ऐरीले सह्मालिएर खेलेपनि ४१ बलमा १ छक्का र ४ चौकासहित ३२ रन बनाएर आउट भए। अहिले सोमपाल कामी र आरिफ शेखले ८ रन क्रिजमा छन्।
आजको खेल दुबै टोलीका लागि महत्वपूर्ण रहेको छ। अघिल्ला दुई खेलमा लगातार पराजय बेहोरेको नेपाली टोलीलाई सुपर सिक्सको सम्भावना जीवित राख्न यो खेलमा जित अत्यावश्यक छ। भने तीन खेलमा हार व्यहोरिसकेको अफगानिस्तानका लागि पनि सुपर सिक्स पुग्ने झिनो आशा कामय राख्न आजको खेल जित्नै पर्ने देखिन्छ।
प्रतियोगितामा नेपालको सुरुवात पनि गतिलो हुन सकेको छैन। सुरुवाती दुई खेल गुमाइसकेको नेपालको सुपर सिक्समा पुग्ने आशा बने बाँकी नै छ। त्यसका लागि नेपालले शनिबार अफगानिस्तान र सोमबार हङकङलाई पराजित गर्नुपर्ने हुन्छ।