जिम्बाम्बेमा जारी आईसीसी एकदिवसीय विश्वकप छनोट क्रिकेट प्रतियोगिता अन्तर्गतको अफगानिस्तानविरूद्ध टस जितेर ब्याटिङ गरिरहेको नेपालले पहिलो पावर प्लेमा १ विकेट गुमाएर ३६ रन बनाएको छ।
नेपालले सुरुवातमै विकेट गुमाएपनि पारस खड्का र ज्ञानेन्द्र मल्लले सम्हालिएर ब्याटिङ गर्दै ३६ रन बनाएका हुन्। उनीहरू दुबैले २३ रनको साझेदारी गरे।
मल्लले ३१ लमा १ चौकासहित ७ रन र खड्काले १६ बलमा १ छक्का र ३ चौका सहित २१ रन बनाएर खेलिरहेका छन्।
यसअघि ओपनर अनिल साह १३ बल खेल्दै १ चौकासहित ७ रनमा आउट भए।
आजको खेल दुबै टोलीका लागि महत्वपूर्ण रहेको छ। अघिल्ला दुई खेलमा लगातार पराजय बेहोरेको नेपाली टोलीलाई सुपर सिक्सको सम्भावना जीवित राख्न यो खेलमा जित अत्यावश्यक छ। भने तीन खेलमा हार व्यहोरिसकेको अफगानिस्तानका लागि पनि सुपर सिक्स पुग्ने झिनो आशा कामय राख्न आजको खेल जित्नै पर्ने देखिन्छ।
प्रतियोगितामा नेपालको सुरुवात पनि गतिलो हुन सकेको छैन। सुरुवाती दुई खेल गुमाइसकेको नेपालको सुपर सिक्समा पुग्ने आशा बने बाँकी नै छ। त्यसका लागि नेपालले शनिबार अफगानिस्तान र सोमबार हङकङलाई पराजित गर्नुपर्ने हुन्छ।