जिम्बाम्बेमा जारी आईसीसी एकदिवसीय विश्वकप छनोट क्रिकेट प्रतियोगिता अन्तर्गतको नेपाल र अफगानिस्तान बीचको खेलमा नेपालले टस जितेर ब्याटिङ गरिरहेको छ।
ओपनिङ ब्याटिङमा अनिलकुमार साह र ज्ञानेन्द्र मल्ल छन्।
अफगानिस्तान विरुद्धको खेलमा नेपालले २ खेलाडी परिवर्तन गरेको छ।
अघिल्ला खेल खेलेका मध्यक्रमक ब्याट्सम्यान शरद भेषावकर र ओपनर दिलीप नाथ अफगानिस्तान विरुद्ध खेल्ने छैनन्। अफगानिस्तान विरुद्ध अनिलकुमार साह र करण केसीलाई मौका दिइएको छ। शरद हामस्ट्रिङको समस्याका कारण मैदान उत्रन नसक्ने भएका हुन्।
आजको खेल दुबै टोलीका लागि महत्वपूर्ण रहेको छ। अघिल्ला दुई खेलमा लगातार पराजय बेहोरेको नेपाली टोलीलाई सुपर सिक्सको सम्भावना जीवित राख्न यो खेलमा जित अत्यावश्यक छ। भने तीन खेलमा हार व्यहोरिसकेको अफगानिस्तानका लागि पनि सुपर सिक्स पुग्ने झिनो आशा कामय राख्न आजको खेल जित्नै पर्ने देखिन्छ।
प्रतियोगितामा नेपालको सुरुवात पनि गतिलो हुन सकेको छैन। सुरुवाती दुई खेल गुमाइसकेको नेपालको सुपर सिक्समा पुग्ने आशा बने बाँकी नै छ। त्यसका लागि नेपालले शनिबार अफगानिस्तान र सोमबार हङकङलाई पराजित गर्नुपर्ने हुन्छ।