आगामी वर्ष इंग्ल्यान्ड र वेल्समा आयोजना हुने आईसीसी विश्व कप २०१९ को लागि जिम्बाबेमा फागुन २० देखि छनोट प्रतियोगिता जारी छ।
नेपाल सहित १० राष्ट्र सहभागी प्रतियोगिताबाट उत्कृष्ट हुने २ टिमले वान डे विश्वकप खेल्नेछन्। यस्तै प्रतियोगिताबाट उत्कृष्ट-३ एसोसिएट राष्ट्रले एकदिवसीय मान्यता पाउनेछन्।
समूह ‘ए’मा आयरल्यान्ड, नेदरल्यान्ड्स, पपुवा न्युगिनी, वेस्ट इन्डिज र युएई छन्। समूह बी मा नेपालसहित हङकङ, अपगानिस्तान, जिम्बाम्बे र स्कटल्याण्ड छन्।
दुवै समूहका शीर्ष ३–३ टिम सुपर–६ मा पुग्नेछन्। सुपर सिक्समा लिग खेल हुनेछन्। शीर्ष २ टिम सन् २०१९ को एकदिवसीय विश्वकपका लागि छनोट हुनेछन्।
एकदिवसीय वरियताका शीर्ष ८ टिम विश्वकपमा स्वत: छनोट भइसकेका छन्। छनोट प्रतियोगिताबाट २ र स्वत: छनोट भएका ८ गरी १० टिमबीच आगामी वर्ष विश्वकपमा प्रतिस्पर्धा हुनेछ।
विश्व क्रिकेट लिग च्याम्पियनसिप जितेको नेदरल्यान्ड्सले एकदिववसीय मान्यता पाइसकेको छ। अब पपुवा न्युगिनी, स्कटल्यान्ड, हङकङ, नेपाल र यूएई मध्ये शीर्ष ३ टिमले सन् २०२२ सम्मका लागि एकदिवसीय मान्यता पाउनेछन्।
अब नेपाललले मान्यता पाउनका लागि चार वटा फूल मेम्बर (वेष्टइन्डिज, अफगानिस्तान, आयरल्याण्ड र जिम्बाम्बे) र नेदरल्याण्डदेखि बाहेकका घटीमा दुई वटा टोली भन्दा माथि रहेर यो प्रतियोगिता अन्त्य गर्नुपर्नेछ।
एक दिवसीय मान्यता पाउने नेपालको सम्भावना यस्तो छ
- समूहमा कम्तिमा तेस्रो स्थानमा रहँदै सुपर सिक्समा प्रवेश गर्दा नेपालले सोझै वानडे मान्यता पाउँछ।
- यदि नेपाल पुपर सिक्समा पुगेन भने हङकङभन्दा माथि रहेर समूह चरणको खेल टुङ्गाउनुपर्छ।
- यदि पपुवा न्यूगिनी अर्को समूहको अन्तिममा भए नेपालले स्वतः एक दिवसीय मान्यता पाउनेछ।
- यदि पपुवा न्यूगिनि समूहमा चौथो भएमा नेपालले पपुवा न्युगिनीलाई सातौ स्थानको खेलमा हराउनुपर्नेछ।
- यदि नेपाल सुपर सिक्समा प्रवेश नगरेर हङकङ भन्दा पनि तल भएमा अफगानिस्तानभन्दा माथि रहने र अर्को समूहबाट वेष्टइन्डिज, आयरल्याण्ड र नेदरल्याण्ड सुपर सिक्समा पुगे। सातौ स्थानको खेलमा युएईलाई हराउनुपर्छ।
हेर्नुहोस् नेपाल कसरी पुग्छ नेपाल सुपर सिक्समायस्तो छ अंक तालिका