जिम्बाम्बेमा जारी आइसिसी एकदिवसीय विश्वकप छनोट अन्तर्गत समूह 'बी' को खेलमा स्कटल्यान्डले अफगानिस्तानलाई हराउँदै विजयी सुरूवात गरेको छ। आइतबार स्कटल्यान्डले अफगानिस्तानलाई ७ विकेटले हराउँदै प्रतियोगितामा विजयी सुरूवात गरेको हो।
पहिले ब्याटिङ गर्दै अफगानिस्तानले दिएको २ सय ५६ रनको लक्ष्य स्कटल्यान्डले ४७.२ ओभरमा ३ विकेटको क्षतिमा पार गर्यो।
स्कटल्यान्डको जितमा कालुम म्याकलियोर्डले शतकीय पारी खेले। २३ चौका र १ छक्का प्रहार गरेका उनले १४६ बलमा नटआउट १ सय ४७ रन जोडे। थिए। यस्तै बेरिङटनले ६७ रनको योगदान गरे।
त्यसअघि अफगानिस्तान ४९.४ ओभरमा २ सय ५५ रनमा अलआउट भयो। अफगानिस्तानका लागि मोहमम्द नाबीले ९२ रन तथा नाजिबुल्लाह जार्डानले ६७ रनको योगदान दिए।